पथरी - माेरङकाे पथरीशनिश्चरे वडा नं-३ निवासी नन्दु गुरूङले ‘शिरबन्दी’ बोलको गीत युट्युवमा सार्वजानिक गरेका छन । हाल सम्म ठ्याक्कै सयवटा गीत गाएका गुरूङको यो गीत एक सय नम्बरमा पर्दछ,गीतलाई असाध्यै मेहनत र खुलेर गाएका छन् नन्दुले ।
भारत सिक्किमको याङगाङमा छायांकन गरिएको सो गीतको म्यूजिक भिडियो एक गाउँको परिवारकाे कथामा बुनिएको छ ।
सांगीतिक क्षेत्रमा निक्कै आशा गरेका अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीत रहेको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् भने जीवन थापा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुहासिंह थापा मगरले छायांकन गरेका हुन् ।
तारावीर पाण्डेले निर्देशन गरेको सो गीतको भिडियोमा करण धिताल, विद्या लिम्बु, प्रेम पैजो, विजया लिम्बु लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।



















