धनकुटा — धनकुटा वहुमुखी क्याम्पसमा स्ववियु कपका विजेताहरुलाई पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेसका यूवा नेता तथा प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले विद्यार्थीहरुलाई स्ववियु कपका विद्यार्थीलाइ सम्मान गरे । पुरुष तथा महिला भलिवल,फुटवल लगायत १८ प्रकारका विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी टिम तथा खेलाडीहरुलाई स्ववियु कप तथा नगद पुरस्कार मेडल अनि नृत्य प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियोे ।
स्वतन्त्र, विद्यार्थी यूनियन धनकुटा वहुमुखी क्याम्पस सचिव सुवास खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले धनकुटाका प्रतिनिधि प्रविन पोखरेल, माओवादी केन्द्रका प्रतिनिधि हेमचन्द्र किराती, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,औद्योगिक ग्राम संचालक समितिका अध्यक्ष तिलक महत, विद्यार्थी नेताहरु वसन्त राई,कान्तिराज पौडेल लगायतको उपस्थिति थियो । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई लगायतको उपस्थिति थियो ।




















