एउटा ठाउँमा दुई जना बाबु छोरा बस्थे । दुबैको एक अर्का बाहेक अरु कोहि थिएन । उनका बुवा  धेरै वृद्ध थिए। छोरा हरेक दिन वृद्ध बुवाको लागि खानाको व्यवस्था गरेर  अफिस जान्थे र बृद्ध  बुवा दिनभर घरमा एक्लै बस्ने गर्थे ।

एक दिन जब छोरा अफिसबाट घर फर्किए , उनले बुवा घरमा एक्लै बस्दा दिक्क मान्नु भएको होला कि भन्ने सोचेर बुवा लाई भने '' । आज हामी रेस्टुरेन्टमा खाना खान जाऔ ल । छोराको कुरा सुनेर बुवा पनि बाहिर खाना खान राजी भए ।

छोरा सँग बुबा रेस्टुरेन्ट गए । खाना खाने क्रममा वृद्ध बुबाले धेरै पटक आफ्नो लुगामा खाना खसाले। तर छोरा एकदमै चुपचाप बसेका थिए  । सबैले बृद्ध  बुवालाई मात्र हेरिरहेका थिए । खाना खाइसकेपछि छोराले लाज नमानीकन बुबालाई शौचालय लगे । त्यसपछि उनले बुबाको लुगा सफा गरे , मुख धोइदिए र पुछिदिए , कपालमा काइयोले कोरीदिए ।  त्यसपछि चश्मा लगाएर बाहिर ल्याए । त्यतिबेला सम्म पनि सबैले उनलाई हेरिरहेका थिए ।

छोराले बिल तिरे र बुबासँग रेस्टुरेन्ट बाट निस्कन लागेका बेला रेस्टुरेन्टमा बसेका अर्का  एक बृद्ध मानिसले ती छोरालाई इशारा गरेर आफूकहाँ बोलाए । उनले सोधे- तिमीले यहाँ केही छाडेर हिडे जस्तो लाग्दैन ? छोराले जवाफ दिए - हैन सर, मैले यहाँ केही छाडेको छु जस्तो लाग्दैन । छोराको उत्तर सुनेपछि ती बृद्ध  मानिसले भने-छोरा तिमीले हरेक छोरालाई आफ्नो आमाबाबु प्रति गर्ने माया र दायित्वको लागि राम्रो संदेश र एउटा बुबाको आशालाई छाडेर जादैंछौ " ।  ती युवाले धेरै सम्मानका साथ जवाफ फर्काउदै भने - मेरो बाल्यकालमा मेरो बुबाले यसरी नै मलाई  हेरचाह गर्नुभएको थियो र त्यसैले आज उहाँको हेरचाह गर्नु मेरो कर्तव्य हो।'यसपछि बाबुछोरा त्यहाँ बाट गए । 

जीवन व्यवस्थापन

प्रायः छोराछोरीहरु  बुढेसकालमा आफ्ना आमाबाबुसँग कतै जान हिचकिचाउँछन्। उनीहरु आफ्नो जिम्मेवारी लिन चाहँदैनन् । तर छोराछोरीले यो बिर्सन्छन् कि सानो छँदा आमाबुवाले हेरचाह गरेका थिए, त्यसैले अब आमाबुवालाई सहयोग गर्नु उनीहरूको कर्तव्य हो।