पाकिस्तान - पाकिस्तानको बलुचिस्तान स्थित  ग्वादर बन्दरगाहमा आतंकवादी हमला भएको छ । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बन्दुक र विस्फोटक पदार्थसहित आएका  सशस्त्र  आक्रमणकारीहरूले पाकिस्तानको ग्वादर पोर्ट अथोरिटी (जीपीए) कम्प्लेक्समा अचानक प्रवेश गरेर अन्धाधुन्ध गोलीबारी गरेका थिए ।

आक्रमणकारीहरू बन्दरगाह भित्र रहेको भवनमा प्रवेश गरेपछि स्थानीय सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हालेर जवाफी कारबाही सुरु गरेका थिए । डॉनको रिपोर्टका अनुसार पुलिस र सुरक्षा बलहरूले आठ सशस्त्र आक्रमणकारीलाई मारेका छन्।

कम्प्लेक्स भित्रबाट ठूलो बम विस्फोट र भारी गोलीबारीले वरपरको क्षेत्र हल्लिएको थियो।  पाकिस्तानको तेस्रो ठूलो बन्दरगाह ग्वादर बन्दरगाहको निर्माण आयोजना तथा विभिन्न सरकारी प्रतिष्ठानहरूको हबको रूपमा परिचित छ । ग्वादर बन्दरगाहमा धेरै चिनियाँ इन्जिनियरहरू निर्माण कार्यमा संलग्न छन्। 

यो बन्दरगाह चीन-पाकिस्तान आर्थिक करिडोर  बेइजिङको बेल्ट एण्ड रोड इनिसिएटिभ  केन्द्रबिन्दु हो।