पथरी समाचारदाता - पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नगर क्षेत्र भरी अध्ययनरत +२ का विद्यार्थीहरुलाइ लक्षित गरी स्वयवियुले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
नव निर्वाचित भएर आएको एक बर्ष पुगेको अवसरमा आगामी चैत्र ९ गते शुक्रबार क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको स्ववियु सभापति केशर राईले जानकारी दिए ।
नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा हुने शिविरमा स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार र जनरल मेडिसिन लगायतको सेवा उपलब्ध हुनेछन् ।




















