पथर समाचारदाता - माेरङ पथरी शनिश्चरे वडा न -२ द्वारा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा   वडा नम्वर -२ र ८ विजयी भएका छन् । 

शुक्रबार सम्पन्न भएको खेलमा वडा नम्बर २ ले  वडा नं -६ लाई  ० को विरुद्ध ११ गोल गर्दै विजयी भएको छ  ।

वडा नम्वर -२ जर्सी नं -११ का विरेन सावाँले प्रहार गरेको पहिलो गोल अफसाईड भए पनि उनैले हानेको प्रहारले नेट चुमेर  आफ्नो टिमको खाता खोलेका थिए । लगत्तै २ मिनेटमै सोहि टिमका जर्सी १७ का शंकर राईले पुनः अर्को गोल गरी २-० अन्तरमा पुर्याए । लगातार विपक्षी टिमलाई छक्याउँदै वडा नम्वर -२ का जर्सी नम्बर १० का जोन सुब्बाले , जर्सी नं १७ का शंकर राई, जर्सी नम्बर ०७ लाल बहादुर लावती, जर्सी नम्बर -८ का किन्जो राइले पनि गोल गर्दा ६-० को अन्तर पुग्यो । वडा नम्बर -२ का क्याप्टेन समेत रहेका जर्सी नं १५ का मदन राईले लगातार दुई गोल गर्दै खेललाइ  ८-० मा पुर्याए। सोही टिमका जोन सुब्बाले  दोस्रो अर्को गोल गर्दै ९-० को अन्तरमा पुर्याएका थिए । वडा नं -२ कै  राजु तिम्सिनाले किप्परलाई छक्याउँदै प्रहार गरेको बलले जाली चुम्दा १०-० बहयो । जर्सी नम्बर १३ का टिकाराम राईले  पेनाल्टी सुटको अवसरलाई सदुपयोग गरि मैदानको दक्षिणी भागबाट हानेको बल गोलमा परिणत भएपछि गोल अन्तर ११-० भयो ।

शुक्रबारको उद्घाटन खेलमा वडा नं. -९ विरुद्ध ३-० को अन्तरले पराजित गर्दै वडा नं - ८ को भेट्रान फुटबल टिमले  विजय हासिल गरेको छ ।IMG-20240329-WA0009

 वडा नम्बर ८ का जर्सी नम्बर १० का इन्द्रमणि सुवेदीले २ गोल गरेका थिए भने सोही टिमका प्रकाश कार्कीले अर्को गोल थपेर आफनो टिमलाई ३-० को अन्तरले विजयी  गराएका थिए। वडा नं ८ का वडाध्यक्ष नवीनजंग कार्की सहभागी भएको सो खेलमा  वडा नं -८ ले तीन अंक  जोडेको छ। 

खेलको उद्घाटन पथरी शनिश्चरे वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईले गरेका थिए। उक्त अवसरमा नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे ,अम्बिका लिम्बु, सीता भुसाल, लगायतको उपस्थिति रहेको थियो।

भोलिको पहिलो खेल वडा नम्बर-१ र  ७ बिच र दोस्रो खेलमा वडा नम्बर १० र ०५ बिच हुने आयोजकले जनाएको छ।