नयाँ दिल्ली — भ्रामक विज्ञापन मुद्दामा भारतको सर्वोच्च अदालतले मंगलबार बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई जवाफ पेस गर्न अन्तिम मौका दिएको छ। अदालतले एक साताभित्र जवाफ पेस गर्न भनेको थियो ।  तर उनीहरु स्वयम उपस्थित नभई प्रतिज्ञापत्र पठाएका थिए ।

पत्र हेरेपछि अदालतले सो प्रतिज्ञापत्र सही नभएको भन्दै आक्रोशित भएको  थियो । मंगलबारको सुनुवाइका क्रममा रामदेवका वकिल बलवीर सिंहले अदालतमा योग गुरु माफी माग्न यहाँ उपस्थित भएको बताए । भीडका कारण अदालतमा आउन नसकेको उनले बताए ।

सिंहले माफी पत्र पढेर सुनाउदा अदालतले यस्तो अवस्थामा आदेश उल्लङ्घन गर्ने व्यक्तिले माफी माग्नुपर्ने बताउँदै भने , ‘हामी रामदेवका वकिलको माफी सुन्न चाहँदैनौँ।’ न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासले भन्यो, ‘हामी रजिस्ट्रारलाई उनीहरू दुवैविरुद्ध झुटो बयानको मुद्दा चलाउन निर्देशन दिन्छौँ।’ अदालतले बलबीर सिंहलाई भन्यो- तिमी तयार रहनुपर्छ। 

सर्वोच्चको आक्रोश पछि रामदेव र बालकृष्ण अदालतको कोठामा पुगे र रामदेवले बिना शर्त माफी मागेका थिए । इजलासले भन्यो, ‘सर्वोच्च अदालतले मात्रै होइन, देशका हरेक अदालतको आदेशलाई सम्मान गर्नुपर्छ। तपाईंले अदालतको निर्देशन पालना गर्नुपर्‍यो र तपाईंले हरेक सीमा नाघ्नुभयो।’ 

अर्को सुनुवाइ अप्रिल १० मा हुनेछ। अदालतले सुनुवाइमा रामदेव र बालकृष्णलाई उपस्थित हुन भनेको छ। –दैनिक भास्कर