बेलबारी —  मोरङ बेलबारी २ की १२ वर्षिया एक बालिकाले बच्चा जन्माएपछि नेपाली सेनाका एक जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाले पेट दुख्यो भनेर अभिभावकलाई भनेपनि चेकजाँच गराउँदा ति बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको थियो । बालिकाले कोशी अस्पताल विराटनगरमा बच्चा समेत जन्माएकी छिन्  ।

उनलाई अभिभावहरुले सोधीखोजी गर्ने क्रममा बेलबारी २ का खड्का थरका एक नेपाली सेनाका जवानले आफुलाई गर्भ बोकाएको बताएपछि उनलाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।