काठमाडौं — मानव बेचबिखनको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ५२ वर्षीय नुर्वु स्याङबो घलेलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए । घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ।
एसपी फुयाँलका अनुसार आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा काममा लगाइ दिने भन्दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्याएको र उक्त स्थानबाट भिजिट भिसामा श्रीलंकाको कोलम्वोमा बन्धक बनाएको खुल्न आएको छ ।
ती महिलाको प्रहरी र संघ-संस्थाको सहयोगमा उद्धार भएको थियो। सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ।




















