२८ असार, काठमाडौं । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेको छ । मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको औंल्याएको छ ।

सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ ।सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि अहिले ५६ वटा ढोका मध्ये ३६ वटा ढोका खोलिएको छ ।