विराटनगर — भारतीय सुरक्षा बल एसएसबीले मोरङको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा रहेको दशगजा क्षेत्रमा खाल्डो खनेर बाटो अवरोध गरेको छ ।
भारतीय सुरक्षा बलले बिगत दुइ हप्तादेखि नेपाली भूमिमा रहेको सडक खनेर आवतजावतमा अवरोध गरेको हो । जेसीबी प्रयोग गरेर सो १० गज्जामा रहेको नेपाल तर्फकाे सडक खनेपछि उक्त सडकबाट अहिले मोटरसाइकल साइकल समेत आवतजावत गर्न कठिनाई भएको छ।
एसएसबीले दशगजामा रहेको सहायक पिलर १५७/ २ देखि पूर्वपट्टि रहेको कच्ची सडकमा नेपाली भूभागको सडक नै खाल्डो पारेपछि अहिले सो गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय सलिम मियाँले बताए ।
दुइ दिनअघि शशस्त्र ]रहरीको टोलीले भारतीय सीमा सुरक्षा बल एस एस बीको टोलीसँग भेटघाट गरेको भएपनि हालसम्म समस्या समाधान नभएको पत्रकार रबिन्द्र बरालले जानकारी दिएका छन्। भारतीय सुरक्षा बलले ज्यादती गर्दा पनि स्थानीय सरकार र सुरक्षा निकायले समस्या समाधानका लागि ठोस पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
दशगजा क्षेत्रमा केहि भारतीय नागरिकले घर बनाएपछि नेपालतर्फ सीमा सार्न त्यस्तो गरिएको हुनसक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन् ।


