पथरी —   मोरङको पथरीशनिश्चरेमा भएको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को उपाधि सुनसरी धरानका राजेन्द्र राईले हाता पारेका छन् । आयोजक फ्रेन्डसीप चेस क्लव पथरीशनिश्चरेबाट खेलेका लोकसागर साम्बा दोस्रो भएका छन् ।

WhatsApp Image 2024-04-13 at 08.03.38_4d47ca0a खेल बिजेता राजेन्द्र राईले ९ राउन्डको खेलमा ८.५ अंक प्राप्त गरेका थिए । उपाधि बिजेता अपराजित राईले लोकसागर साम्बासँग मात्र बराबरी खेलेका थिए । त्यसैगरी प्रतियोगितमा ८ अंकसहित लोकसागर साम्बा दोस्रो भएका छन । मोरङ पथरीशनिश्चरेका लोकसागर साम्बा आयोजक फ्रेन्डसीप चेस क्लवका सचिव हुन् । 

प्रतियोगितामा राजन सुबेदी (दमक). रुपेश जैसवाल (ललितपुर) समान ७.५ अंक ल्याएर तेस्रो र चौथो भएका छन ।  प्रकाशचन्द्र नेपाल (दमक), पुरुसोतम सिलवाल (काठमाडौ) समान ७÷७ अंक ल्याएर पाँचौ र छैटौ पुरस्कार जितेका छन् । 

नवीन तण्डुकार  (काठमाडौ), सुमन श्रेष्ठ (दमक), आशिष फूयाँल (दोलखा), राजन काङ्बाङ्ग(मोरङ), सुरज राय (विराटनगर), मिलन लामा (धरान), सुश्रुत दाहाल (झापा), राजन पुरी (काठमाडौ), कृष्ण थापा (हेटौंडा)ले समान ६.५ अंक ल्याएर टप  फिप्टिन (१५)को नगदसहितको पुरस्कार प्राप्त गरेका छन ।

WhatsApp Image 2024-04-13 at 07.48.25_5f475d23त्यसैगरी प्रदेश—१ प्रथम बलबहादुर तामाङ, दोस्रो बिष्णु लिम्बू, मोरङ प्रथम अनिष तामाङ, दोस्रो मनोज भट्टराई, पथरीशनिश्चरे नगर प्रथम निलम बस्नेत, दोस्रो बलबहादुर बस्नेत र तेस्रो पुकार राई भएका छन ।

त्यसैगरि पथरीशनिश्चरे स्कुल प्रथम अग्रिम खड्का, दोस्रो रोशण ढुङ्गाना, अबिन भट्टराई नगर महिला प्रथम भएका छन ।

महिला टप क्रितिसरा अधिकारी, भेट्रान मनिराज डाँगी, फरक क्षमता भएकामा कृष सबेनहाङ, अनुशासितमा बिष्णुलाल लिम्बू पुरस्कृत भएका छन ।

१६००—१४०० रेटिङमा आयुष लिम्बू, १८००—१६०० रेटिङमा सचिनकुमार चौधरी (सप्तरी) पुरस्कृत भएका छन ।

अन्डर १८ र अन्डर १४ उमेर समुहका खेलाडीमा अध्यन्त काफ्ले, काशिब कार्की, १० बर्ष मुनिका खेलाडीमा हार्दिक पन्त र प्रबिसा दवाडी क्रमस: प्रथम, दोस्रो भएका छन । अन्डर रेटेडमा शुभम उप्रेती प्रथम, रामदेब मण्डल दोस्रो भएका छन् । 

नगर प्रमुखको हातबाट पुरस्कार वितरण

प्रतियोगितामा देशभारबाट १ सय ५० बढी खेलाडीहरु सहभागी रहेका थिए । जसमध्ये ३६ जनालाई नगदसहित पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट पुरस्कार वितरण गरिएको थियो । नगर प्रमुख मोहन तुम्बापोले बुद्धिचाल खेलको माध्यबाट पथरीशनिश्चरे नगरको प्रचार, खेलाडी उत्पादन र विकासमा नगरपालिका लागि पर्ने बताएका छन् । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ, पथरीशनिश्चरे नगर १ नं. वडा अध्यक्ष भीमकुमार राई, ७ का उद्दव बस्नेत, पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल लगायतको हातबाट पुरस्कार वितरण गरिएको थियो । । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई वाल्मीकि बोर्डिङ स्कुलका प्रिन्सिपाल चन्द्र दुलाल, अरुणोदय बोर्डिङ स्कुलका प्रिन्सिपल शान्ति राई, एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक दिनेश कन्दङ्वा लगायतका अतिथिहरु सहभागी रहेका थिए । 

WhatsApp Image 2024-04-13 at 07.48.12_2014ac18बिजेतालाई ३ लाख ५० हजार नगद 

प्रतियोगिताको उपाधि बिजेतालाई ५१ हजार, दोस्रोलाई ३५, तेस्रोलाई २५, चौथोलाई २० हजार लगायत १५ औं सम्मका खेलाडीहरुलाई कम्तिमा १० हजारको दरले र बिधागत २१ गरी ३६ जनालाई नगद, प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरिएको आयोजक फ्रेन्डसीप चेस क्लवका अध्यक्ष अमिर लाईले बताए ।

सहिद रत्नकुमार वान्तावाको नाममा बुद्धिचाल

पञ्चायत विरुद्ध लड्दा लड्दै प्रहरीले गोली हानेर मारेका रत्नकुमार वान्तावा राईको योगदानको कदर र सम्झनामा प्रतियोगिताहुँदै आएको छ । यस अघि २०७५ मा प्रथम, २०७९ दोस्रो राष्ट्रब्यापी प्रतियोगिता भएको थियो । 

प्रतियोगिताको यो सिजनमा नेपाल च्याम्पियन रुपेश जैसवाल, पूर्ब च्याम्पियन नवीन तन्डुकार, २००० बढी रेटिङ प्राप्त खेलाडी मिलन लामा लगायतका १५० खेलाडीले चार दिनसम्म प्रतियोगितामा भिडेका थिए । प्रतियोगिता रत्नकुमार वान्तावा राईको जन्म र साहदत प्राप्त गरेको चैत्र २७ गते उद्घाटन गरेर ३० गते समापन भएको हो