अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी निवास बाहिर तीन राउण्ड फायरिङ भएको छ । आक्रमणकारीले हवाइ फायरिंग गरेर भागेका थिए । हाल कोही घाइते भएको खबर छैन।
काठमाडौं — बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर चार राउण्ड गोली चलेको छ । बिहान करिब ४ः५० बजे दुई अज्ञात व्यक्तिले उक्त हवाई फायरिङ गरेका थिए । मोटरसाइकलमा आएका दुई जनाले चार राउण्ड गोली हानेर भागेका थिए । हाल कोही घाइते भएको जानकारी प्राप्त भएको छैन। प्रहरीले सलमान खानको घरमा सुरक्षा बढाएको छ ।
गोलीबारीपछि मुम्बई क्राइम ब्रान्चसँगै बान्द्रा प्रहरीको टोली घटनास्थल पुगेको छ । साथै अनुसन्धानका लागि फरेन्सिक टोली पनि घटनास्थल पुगेको छ । प्रहरीले ग्यालेक्सी अपार्टमेन्ट बाहिर सडकको दुबै छेउमा राखिएका सिसिटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गैंगस्टर लरेन्स बिश्नोईले सलमान खानलाई धेरै पटक मार्ने धम्की दिएका छन् । हालै लरेन्स बिश्नोईले क्यानडामा रहेका अभिनेता तथा गायक गिप्पी ग्रेवालको घरमा पनि आक्रमण गरेका थिए ।




















