विराटनगर — सरकारले  पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँ मुल्यबृद्दी गरेको  छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीको हवाला दिंदै निगमले इन्धनको भाउ बढाएको  हो।

निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ९६ पैसा र डिजेलको तीन रूपैयाँ ४६ पैसा बढाएको छ ।

अब पेट्रोलको भाउ ठाउँ अनुसार १७५ रूपैयाँ ५० पैसा देखि  १७८ रूपैयाँ प्रतिलिटर पर्नेछ।  डिजेल र मट्टीतेल लिटरको १५८ रूपैयाँ ५० पैसा देखि  १६० रूपैयाँ सम्म पर्नेछ।

आयल निगमले गत चैत १८ गते आइतबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको थियो ।