काठमाण्डौं —  धरानको खानेपानी समस्यालाई दिर्घकालिन समाधान र भौतिक पूर्वाधार निर्माण लगायतका विषयमा धरानका जनप्रतिनिधि तथा नेकपा (एमाले) नेताहरुले नेपाल सरकारसंग छलफल गरेकोछ । 

मंगलबार बिहान मन्त्री निवास पुल्चोकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा जेष्ठ नगारिक मन्त्री भगवती चौधरीसंग धरानबाट आएका नेतृत्व टोलीले छलफल गरेको हो । 

झापादेखि सुनसरीका विभिन्न स्थानमा निर्माण कार्य रोकिएको मदन भण्डारी राजमार्गको कामलाई सुचारु गर्न, रानी धरान सडक विस्तारको कामलाई तिब्रता दिँदै तरहरा धरान जंगल क्षेत्रको सडक निर्माणका कामलाई गति प्रदान गर्न, डिपिआर भइसकेको धरान लेउती सुरुङ मार्ग बहुदेश्यीय योजनालाई सञ्चालन गर्न उपप्रधान मन्त्री समेत रहेका महासेठसंग छलफल भएको छलफलमा सहभागी प्रतिनिधि मजदुर नेता भीमज्वाला राईले जानकारी दिए  ।

May be an image of 8 people उक्त छलफलमा धरान विष्णुपादुका आहाले सडक स्तरोन्नती, धरानवडा नम्बर १३ को वेशक्याप्पदेखि धारन वडा नम्बर ४ जोड्ने शिवजट्टा सडक निर्माण, धारन १३ कै गौरामार्ग सडक निर्माण बक्लौरी पञ्चायन धरान १९ सडक स्तरोन्नती, पानबारी सेउतीपुल सडक स्तरोन्नती, चतरा मिलनचोक चियाबारी बराहक्षेत्र सडक निर्माण र बाङ्गे नडाहा जोड्ने रणनीतिक सडक विस्तारलाई निरन्तरताका विषयमा छलफल भएको छ  । 

प्रतिनिधि मण्डललाई मन्त्री महासेठले आर्थिक वर्ष २०८१÷०८२ को योजनामा समेटिने बताउनुहुँदै तरहरा धरान जंङगल क्षेत्रको कामका लागि रकम छुट्याइ सकिएको र कामले तिब्रता पाउँने बताउनु भएको छलफलमा सहभागी प्रतिनिधि मजदुर नेता  राईले बताए । 

त्यस्तै धरानले भोग्दै आएको खानेपानीको समस्याको दिर्घकालिन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग समेत छलफल गरिएकोछ । 

छलफलको क्रममा धरानको खानेपानी समस्यालाई दिर्घकालिन समाधानका लागि आर्थिक वर्ष २०८१÷०८२ को योजनामा काम थालनी हुने र यही साउन महिनाबाट प्रकृया सुरु हुने मन्त्री राईले बताए । 

May be an image of 6 people, dais and textएडिविको सहयोगमा प्रारम्भ हुने योजनामा नसमेटिने क्षेत्रहरु अन्तर्गत ठिंगाबारी खानेपानी योजना, पानबारी खानेपानी योजना, शिधारा खानेपानी योजना, ढाडेतेलनपुर खानेपानी योजना, देउराली खानेपानी योजना, पट्नाली खानेपानी योजनालाई समेत प्राथकितामा राख्न मन्त्री राई संग छलफल भएको टोलीमा सहभागी मजदुर नेता भीमज्वाला राईले बताए । 

त्यस्तै महिला बालकालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीसंग समेत धरान वडा नम्बर १३ मा जेष्ठ नागरिक, महिला तथा बालबालिका भवन तथा बालविकास केन्द्रका लागि वजेट विनियोजनका बारेमा पनि छलफल भएकोछ । अनुमानित ३० लाख लागतमा बन्ने भवन निर्माणका लागि यसै आर्थिक योजनामा रकम समेट्न मन्त्रीसंग प्रतिनिधि मण्डलको छलफल भएको हो । 

प्रतिनिधि मण्डलमा कोशी प्रदेश सभा सदस्यहरु विजयकुमार राई र रमेशकुमार बस्नेत, प्रतिनिधिसभाका पूर्व सदस्य जयकुमार राई नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान १३ नम्बर वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले, नेकपा एमाले सुनसरी जिल्ला सदस्य अनिल राजधामी युवा संघ नेपाल कोशी प्रदेश सदस्य सिजन राजधामी लगायतकाहरु सहभागी रहेका थिए ।

May be an image of blueprint, ticket stub and text