विराटचोक—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खबर आएको छ । रास्वपाका उम्मेदवार लिम्बूले मत दिन जाँदा पार्टीको संकेत भएको ब्याच लगाएका थिए। उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्।
मत दिएपछि उनीविरुद्द उजुरीसमेत परिसकेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको जानकारी दिएका छन् |



















