काठमाडौँ —  ‘भेलु बाजे’ नामले चर्चित प्युठानका मीनबहादुर बुढाको दु:खद निधन भएको छ । प्युठान अस्पतालमा उपचारको क्रममा आज निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।अत्याधिक रक्सी सेवनबाट पेनक्रियाजमा क्षति भएको थियो । उनको उपचारका लागि युबट्युबर भोजबहादुर थापाले सहयोग गरेका थिए ।

भेलु बाजेकी पत्नी बिस्ना बुढाको पनि केही अघि मात्र निधन भएको थियो । उनी लामो समयदेखि बाथ रोग र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् । बुढा दम्पति बनिबुतो गरेर गुजारा गर्दै आएका थिए ।