काठमाडौं — ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार भएको आगलागीमा परेर घाइते भएका दुई बालिका प्रिया र एलिसा गिरीकोको मृत्यु भएको छ ।
ललितपुर प्रहरीका अनुसार उनीहरूको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीन बालबालिकासहित पाँचजना घाइते भएका थिए ।
ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका थिए ।




















