काठमाडौँ । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

कलाकार संघका सदस्यसमेत रहेका केसीको बेल्जियममै निधन भएको चलचित्र कलाकार संघकाअध्यक्ष मोहन निरौलाले जानकारी दिए  ।  दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने केसीका भाइ प्रज्वल केसीले  बताए ।

केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका अलवा टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनयगरेका छन् । केसीको निर्देशनमा थुप्रै म्युजिक भिडियो समेत बनेको छ ।