कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ बर्दियाको राजापुर - ९ की  १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भारतको हल्द्वानीबाट उपचार गरि घर फर्किरहेकी परियार दुर्घटनामा  परि  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् ।