इटहरी - नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल इटहरी उपमहानगरपालिका कमिटीले लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
आज जेठ १ गते स्थापना दिवसको अवसरमा यूवा संघले इटहरी स्थित जनता माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको हो ।
जनता माविको सहयात्रामा भएको उक्त कार्यक्रममा युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा इटहरी उपमहानगरपालिका- ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यता र जनता माविमाका व्यवस्थापन समितीका अध्यक्ष काशिनाथ दंगालको विशिष्ट आतिथ्यता रहेको थियो । ।
कार्यक्रममा युवा संघ सुनसरीका अध्यक्ष सुजन लामा,युथफोर्स कोशीका संयोजक राजन बानियाँ लगायतको पनि उपस्थिति रहेको थियो ।
यूवा संघ उपमहानगर कमिटीका अध्यक्ष कमलजंग दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सचिव सुमन कटवालले संचालन गरेका थिए ।


















