विराटनगर - मोरङ प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिइएको छ ।
मोरङको रतुवामाई–६ रातुपाडामा भारतीय नागरिक भगिरथ हरिजनमाथि गोली चलाएको हो ।
हरिजनको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
कारोबार गरिरहेको सुचना आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलायएको हो ।
भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिकले सवार मोटरसाइकल बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकल बरामद भएको छ । नियन्त्रणको प्रयास हुँदा उनले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।



















