लेटाङ — कालेबुदुली सडकमा निर्माणका क्रममा लापारबाही भएको भन्दै उत्पन्न बाधा हटेको छ ।
स्थानिय सरोकारवालाहरुले कामको गुणस्तरमा प्रश्न उठाई ड्रेन निर्माण रोकेपछि पुर्वाधार कार्यालयका प्रमुख सहितको टोलि, लेटाङ नगरप्रमुख सहितको टोलि, निर्माण पक्ष र सरोकारवाला सहितको अनुगमनले कमजोरी देखिएको ठाउँमा पुनःनिर्माण गर्ने सहमती भए पछि बाँकी ठाउँमा आज देखि कामले निरंतरता पाउने सहमती जुटेको हो ।
नगर प्रमुख भूपेन्द्र कुमार लावती र पूर्वाधार कार्यालय विराटनगरका कन्सल्टेन इञ्जिनियर श्याम वानिया सहितको टोलीले सडक निर्माण कार्यको सोमबार अनुगमन गरेको थियो ।
लेटाङबाट धनकुटाको ६ नम्बर बुधबारेसम्म जोड्ने सो सडक गत मंसिरदेखि निर्माण थालिएकोमा स्थानीयवासीले गुणस्तरहिन काम भएको बताउँदै शुक्रबारदेखि निर्माण कार्य रोकि दिएका थिए ।
साईड ड्रेन निर्माणका क्रममा फोस्के ढुंगा प्रयोग गरिएको, भ्राईव्रेट मेसिनले ड्रेनको मसला मिलाउनुपर्नेमा त्यसो नगरिएको, मसलामा सिमेन्टको मात्रा कम राखिएको, निर्माण भएको ड्रेनमा पानी नलगाएको तथा मापदण्ड भन्दा धेरै र ठूला ढुंगा प्रयोग गरिएको पाइएको
कानेपोखरी,लेटाङ,बुधबारे,दुरदिम्वा,लिम्बा (कालेबुदुली) सडकमा हाल साईड ड्रेस निर्माणको कार्य भईरहेको छ ।




















