विराटचोक — नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मोरङको सुन्दरहरैँचा आउने भएका छन् । सुन्दरहरैंचा नगरपालिकाको निमन्त्रणामा पूर्व प्रधानमन्त्री ओली बिहीबार सुन्दरहरैँचा आउने भएका हुन् ।
नगरपालिकाले सूचना प्रकाशित गर्दै वडा नं. ६, ७ र ८ मा सञ्चालन हुने चन्द्रनगर-विश्वविद्यालय हुँदै गोठगाउँ सडकखण्ड र महेश्वर सुब्बा मार्ग हुँदै लाटीझोडा सडकखण्डको सडक स्तरोन्नति गरी दुवै तर्फ ड्रेन सहित अस्फाल्ट कालोपत्रे गर्ने कार्य आयोजनाहरूको ओलीद्वारा शिलान्यास हुने जानकारी गराएको छ ।
सुन्दरहरैंचा-७ गोठगाउँमा विहान ११ बजे शिलान्यास कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेद्वारा जारी सूचना मार्फत जानकारी गराइएको छ ।
उक्त शिलान्यास कार्यक्रममा सुन्दरहरैँचा नगरवासीहरुमा उपस्थितिका लागि अनुरोध गरिएको सूचनामा उल्लेख छ ।



















