विराटचोक — नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी भएका छन् । पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी भएका हुन् । पौडेलका प्रतिष्पर्धीहरु भगवान बस्नेतले ७७,युवराज घिमिरेले ७५ र सन्तोष दुलालले ३२ मत प्राप्त गरेको छन् ।
यसैगरी उपाध्यक्षमा उर्मिला ओलीले १८३ मत ल्याएर विजयी भएकी छन । उनका प्रतिष्पर्धीहरु दिपेश दाहालले १२९ र चन्द्रप्रसाद गुरागाईंले ३२ प्राप्त गरे । सचिवमा गिरेन्द्र चम्लागाईंले १८१ मत ल्याएर विजयी हुँदा तेजप्रसाद तिवारीले १५५ मत प्राप्त गरे । उपसचिवमा झसराज ढकालले १२९ मत पाएर विजयी हुँदा डेन्जोङ शेर्पाले ७४,गजेन्द्र धिमालले ४०, खड्ग राईले ३५ र मणिराज धिमालले २९ मत प्राप्तका छन । महिला उपसचिवमा सीता कार्कीले १९० मत ल्याएर विजयी हुँदा मुना सिग्देलले १३० मत प्राप्त गरेकी छन् । अधिवेशनले ८१ सदस्यीय कमिटी चयन गरेको छ ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष ओलीले अस्ती बिहिबार गरेका थिए । अध्यक्ष ओलीको गृह नगर समेत रहेको दमकमा ओलीले सकेसम्म सहमती गरेर कमिटी गठन गर्न र नभए बिलम्ब नगरी निर्वाचनमा जान निर्देशन दिएका थिए ।



















