लेटाङ —मोरङ लेटाङका युवा समाजसेवी मनिस सुर्यमगरको ३१ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि उपचाररत मगरको काठमान्डौमा शनिवार दिउँसो निधन भएको हो ।
लेटाङ ५ खेरुवा स्थायी घर भएका मगर लामो समय देखि निमोनिया लगायतका रोग बाट ग्रसित थिए । पछिल्लो समय मृगौलामा समेत समस्या देखिएपछी पाटन अस्पतालमा उपचार भईरहेको थियो । उनको आजै निधन भएको लेटाङकी समाजसेवी शान्ती गुरुङ पाख्रिनले जानकारी दिइन ।
जेसिस वर्ष २०१८ का अध्यक्ष तथा दर्जनौ संस्थामा नेतृत्व गरिसकेका सुर्यमगरको अल्पायायुमा भएको निधनले निधनले आफू मर्माहत भएको लेटाङ नगरपालिकाका मेयर भुपेन्द्रकुमार लावतीले बताए । सुर्यमगरको निधनले यतिखेर लेटाङ शोकमग्न बनेको छ ।




















