दुहबी — सुनसरीमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन ।

एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवं नेपाली काँग्रेस पूर्वकेन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्वजिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनी सरु संगै नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीबाट ठुलो संख्यामा एमाले प्रवेश गरेको एमाले दुहबीले जनाएको छ ।May be an image of 4 people, temple and text that says 'भेट नेपाल कम्युनिष्ट и नगर कमिटी दुह द्वारा आयोजित वृहत पार्टी /20/9 १/०२/१०गते 9 गतेरवि ल कम्युनिष्ट पार्टी एम रवी नगर कमिटी सुंनसरी'नवप्रवेशीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । अध्यक्ष ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हक हितमा लाग्न सुझाव दिए । ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी भएको बताए।

‘नेकपा एमाले मात्रै यस्तो पार्टी हो, जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ,’ उनले भने  । फरक प्रसङ्गमा ओलीले अहिले कांग्रेस रवि लामिछानेको पछि हात धोएर लागेको बताए । पार्टी प्रवेश गरेका पूर्व राज्यमन्त्री विश्वासले आफू जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा रहेको तर सबै पीडित भएर बसेको बताए ।

‘कांग्रेसमा परिवारवाद हाबी भयो, बस्ने वातावरण भएन र हामीले विद्रोह गर्यौं, परिवारवादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेश गरेका हौं,’ उनले भने। 

May be an image of 6 people and text that says '華 ၁0၀'