विराटचोक — मोरङको कटहरीमा सुखानी खोलामा डुबेर नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका– ५ का धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झागडी रहेकी प्रहरीले जानकारी दिएको छ ।
आइतबार घरबाटै बेपत्ता भएकी प्रीतिको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो । आइतबार दिउँसो ३ बजेदेखि उनी घरबाट हराइरहेकी थिइन् । घटना बारे अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए।



















