काठमाडौँ — दुई महिना पनि पुग्न नपाउदै गण्डकी सरकार ढलेको छ । सर्वोच्च अदालतको फैसलासँगै खगराज अधिकारी नेतृत्वको सरकार ढलेको हो । सरकार गठनविरूद्व पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

रिटमा पाण्डेले अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरेका थिए । एमाले संसदीय दलका नेता खगराज अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

अधिकारी पदमुक्त भएको फैसला सुनाउँदै अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।