• योगेन्द्र योगी 

विराटचोक — मोरङको सुन्दरहरैँचा  नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकालको पालामा हुन् नसकेका कामहरु  वर्तमान मेयर केदारप्रसाद गुरागाईंले पुरा गर्न थालेका छन् । पूर्व मेयर ढकालको पाँच वर्षे कार्यकालमा गठन गर्न नसकेको नगर खेलकुद समिति अहिलेका मेयर गुरागाईंले विस्तार गरेका  छन् । 

मेयर गुरागाईंले चुनावताका गरेका बाचा मध्य नगर खेलुद र नगर प्रहरी भर्ती गर्ने कुरा मुख्य एजेन्डा बनाएका थिए र त्यो पुरा गर्दै गएका छन ।

सुरु सुरुमा निकै आलोचना खेपेका मेयर गुरागाईंले पछिल्लो समय जनताको मन जित्दै अगाडी बढी रहेका छन्। यस्तै पूर्वमेयरले गर्न नसकेका अर्को काम नगर प्रहरी भर्ना खुलाएका छन्। लामो समय देखि नगर प्रहरी भर्ना प्रक्रिया रोकिएको र नगरमा आवश्यक जनशक्ति नहुँदा काम गर्न कठिनाई भएकाले नगर प्रहरी भर्ना अघि बढाईएको मेयर गुरागाईंले बताए। 

आफूले यी लगायत अन्य धेरै काम गरेको बताउदै उनले आफूले के गरे भनेर भन्दा पनि जनताले आफ्नो कामको मुल्यांकन गर्ने वताए। पछिल्लो समय उनी जनताको दुखमा मलम लगाउन प्रत्येक टोल-टोलमा पुगेर गुनासो सुन्ने र समस्या समाधान गर्ने तर्फ लागेका छन्। 

केही दिन अघि मात्र सुन्दरहरैँचा नगर भित्र भईरहेको विकास निर्माण तथा कृषि फर्मको अनुगमन गर्ने क्रममा वार्ड नम्बर २ मा रहेको एस एण्ड एस मल्टिपर्पोज कृषि फर्मको निरिक्षण गर्दै उनले व्यवसायिक तरिकाले कृषिमा लागे मनग्य आम्दानी गर्न सकिने वताए। यस्ता खालका कृषि फर्महरुलाई नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने वताएका थिए । 

  मेयर गुरागाईंको नेतृत्वमा उप मेयर साहित् कार्यपालिकामा आफनै दलको बहुमत रहेको हुँदा उनलाई काम गर्न सहज भएको स्थानीय बताउछन । उता पूर्व मेयर ढकाल संस्थापक मेयर भएको हुदाँ धेरै समय स्थानीय तहको ऐन र सिस्टममा जानलाई अलिक समय लागेको कारण केही महत्वपूर्ण कामहरु गर्न छुटेको  केही जानकारहरु बताउछन  ।

नेकपा एमालेबाट निर्वाचित मेयर गुरागाईंको कार्यकालको अवधि अझै तीन वर्ष बाकीँ रहेको छ । सो अवधिमा कति काम गर्छन हेर्न बाकीँ नै छ ।