• योगेन्द्र योगी

विराटचोक —  मोरङका केही पसललहरु  मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सुन्दरहरैँचा नगरपालिका,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,गुणस्थर नापतौल कार्यल विराटनगर,सुन्दरहरैँचा उद्योग वाणिज्य संघ ,उपभोक्ता संरक्षण लगायतको टोलीले गरेको बजार अनुगमनको क्रममा प्रया जस्तो सबै पसलहरुले समयमै नवीकरण नगरेको र कतिपय बिना दर्ता नै संचालन गरेको पाईएको हो।

बुधबार दिउँसो स्थानीय अनुगमन सुन्दरहरैचा ८ स्थित सलकपुरमा रहेको जनकलाल शाहको जस्टिन स्टोरमा  नगर उपप्रमुख अंकली चौधरीसहितको  टोलीले  बजार पुगेर अनुगमन गर्न पुग्दा अन्य पसलका सञ्चालकहरुको भागाभाग भएको थियो । सलकपुरको आर.सी कोल्ड सेन्टरमा बढी मात्रामा म्याद गुज्रेको खाद्यवस्तुमध्ये पेय पदार्थ कोकाकोला,फ्यान्टा,डियु पेप्सी मेङ्ग्गो जुस भेटिएको थियो । यस्तै कार्की किराना एण्ड जेनेरल स्टोरमा पनि म्याद गुज्रेको हर्लिस,मदम जुस,मिट मसला चिजवल लगायतका सामग्री भेटिएको नगर उपप्रमुख चौधरीले बताइन्। 

Untitled-5 (4) 1यसैगरी, गोठगाउँमा रहेको स्नेहा किराना पसलमा पनि ठुलो मात्रामा पेयपदार्थ, मिट मसला, बिस्कुट,दहि लगायत खाद्य सामग्री मायदा म्याद गुज्रेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विरानगरका वीरेन्द्र दासले जानकारी दिए। अनुगमन टोलीले सलकपुर र गोठगाउँका विभिन्न पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्यवस्तु बरामद गरेको छ । 

अनुगमन टोलीले बरामद गरेको खाद्यवस्तु नगरपालिकाको कार्यालय लगेर राखेको र हप्ता दिन भित्रमा सामना हेर्न नआए खाद्यवस्तुको मुचुल्का उठाई सकिएकाले डिस्पोज गरिने नगर उपप्रमुख चौधरीले बताईन। बजार अनुगमनलाई निरन्तरता दिने, व्यापारीहरुले पनि म्याद नाघेको समान नराख्न र दर्ता नवीकरण तथा दर्ता नभएका पसलहरुलाई पनि समयमै दर्ता गर्न आग्रह गरिन्।

मानव स्वास्थ्यलाई ध्यानमा राख्दै उनले उपभोक्ताहरुलाई पनि सामन खरिद गर्दा उत्पादक मिति हेरेर सामना लिन सबैमा अनुरोध गरिन् । उनले व्यापारीले समेत सामान खरीद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेर्नुपर्ने सुझाव दिईन् ।

 के छ कानूनी व्यवस्था

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख छ । तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागू भएको छैन ।

सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।

सोही परिच्छेदको उपदफा २ को खण्ड (ङ) मा समेत मावन जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्‍याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार ग्यारेण्टी गरेको छ । तर यहाँका अधिकांश क्षेत्रमा सञ्चालित पसलले हाल क्रियाशील रहेको ऐनको एक छेउ पनि कार्यान्वयन गरेको पाइँदैन ।

परिच्छदे ३ को दफा ११ खण्ड (घ) मा सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफूसँग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ । तर पनि अनुगमन टोली जाँदा कुनै पनि व्यापारी वा व्यवसायीले आफूसँग भएको गोदाम वा मौज्दात वस्तु उपलब्ध गराएनन् ।