- भूमीप्रसाद पाठक
पथरी — मोरङको पथरीशनिश्चरे –९ रिगुवाका पिताम्बर नेपालले पालेका बाच्छी (नब्याएको कोरली गाई) ले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालेको हो।
उनले पाँच हजार रुपैयाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याएको सात महिनापछि गाईको फाँचोमा दुध भरियो । पशु चिकित्सकको सल्लाह बमोजिम दुहुन थाल्यौँ । सुरुमा बिहान एक पावा र साँझमा एक पाला २५० मिलिमिटर दुध दिएको गाईले बढाउँदै लगेर अहिले अढाई लिटर जति दुध दुहुदैं आएको उनले बताए।
अरू गाईजस्तै दुध दिन्छ । खाँदा स्वाद फरक छैन । ९ महिना भयो, हाल बिहान मात्र दुध दुन्छौं नेपालले भने।
त्यसैगरी पथरीशनिश्चरे-१ का जेटीए भीम ढकालले भन्ने पशु प्रजनन अङ्ग सम्बन्धीकाे डिसब्यालेन्स भनिन्छ ,यसलाई साना बाच्छा - बाच्छीहरूमा उन्नत जातकाे नश्ल सुधार गरेकाे बाच्छा- बाच्छीहरूमा हर्मोनकाे ब्यालेन्समा डिसब्यालेन्स भएर अरगेन जुन हर्मोन निस्कनु थियाे ग्यालेक्टाेरिया बढी उत्पादन हुँदै गयाे भन्ने ढकालकाे भनाइ छ।
उक्त गाइको दुध पिर्तृ कर्ममा प्रयोग नगर्न आफूभन्दा बुढापाकाले सुझाव सल्लाह दिएपछि हालसम्म खानमा मात्र प्रयोग गरिरहेको गाईधनी नेपालले बताए।
यस्तै मोरङकै उर्लाबारी–८ का ८० वर्षीय देवीप्रसाद लामिछानेको घरमा न ब्याएको गाईले दैनिक बिहान २ र बेलुका २ लिटर दूध दिने गरेको थियो ।




















