काठमाडौँ —  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच भेटवार्ता हो । 

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । उनले संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद् र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे ।

उनले भने , ‘‘संसद्को अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो ।   अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो २ बजे भेटवार्ता सकी सिंहदरबारबाट बाहिरिएका थिए  ।