इटहरी । आइसीसीले जारी टी–२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्वाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ ।
अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् । यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ । त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।
त्यस्तै नवौं देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।
विश्वकपमा सहभागी हुने २० वटै टिमले केही न केही पुरस्कार पाउने आईसीसीले जनाएको छ । जसअनुसार ९ देखि १२ भित्र रहने टिमले २ लाख ४७ हजार ५०० डलर र १३ देखि २० मा रहने टिमलाई २ लाख २५ हजार डलर पुरस्कार दिइनेछ । यसबाहेक प्रत्येक खेल जित्ने टिमलाई ३१ हजार १५४ डलर पुरस्कार दिइनेछ ।
आईसीसीले सम्पूर्ण पुरस्कारका लागि ११.२५ मिलियन डलर खर्च गर्ने भएको छ । अमेरिका र वेस्टइन्डिजमा हुने प्रतियोगितामा नेपाल पनि सहभागी छ । नेपाल समूह डी रहेको छ । नेपालले मंगलबार पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले कुनै पनि खेल नजिते पनि कम्तीमा ३ करोड नेपाली रुपैयाँ बराबर पुरस्कार जित्नेछ । खेल जितेर अघिल्लो चरणमा पुगे नेपाल मालामाल हुनेछ ।



















