विराटचोक — मोरङको बेलबारीमा साइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  सोमबार राती भएको साइकल दुर्घटनामा बेलबारी नगरपालिका- ५ का  ६० वर्षीय टिकाराम पुरीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार पुरी सोमबार राती नै घरबाट साइकल लिएर हिडेका थिए । तर राती सम्म पुरी घर नआएपछी प्रहरी र उनका आफन्तहरु पुरीलाई खोज्न निस्किएका थिए ।

मंगलबार बिहान घर नजिकै रहेको कुलोमा मृत अवस्थामा साइकल सहित आफन्तले पुरीको शव भेट्टाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साइकल अनियंत्रित भएर बिजुलीको पोलमा ठोक्किएर कुलो भित्र पसेको थियो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।