काठमाडौं — नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।
उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरे । नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।



















