अमेरिका / लंग आईल्याण्ड नेपाली समाज,न्यूयोर्कको बोर्ड समितिमा कल्पना थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

साउन ५ गते भएको पाचौं सम्मेलनबाट उपाध्यक्षहरु बसन्त चापागाईं ,राजन गौली,महासचिब बाबुराजा सिन्ह , सचिब बाबुराम शर्मा ,कोषाध्यक्ष हेमन्त सिंह चयन भएका छ्न । त्यसैगरी सदस्यहरुमा क्रमश शोभा पोखरेल श्रेष्ठ , सावित्रा सिवाकोटी दाहाल , सुरज गैरे , नरेन्द्र सुबेदी , सुर्य पौडेल , तेज शाही , राजकुमार लामा ,दिपक शर्मा ,बिशाल रेग्मी रहेका छ्न ।

received_341868786736524

नव निर्वाचित कार्यसमितिको पधादिकारी तथा सदस्यहरुलाइ निर्वाचन समितिको संयोजक कृष्ण पोखरेलले  सपथ ग्रहण गराएका थिए ।  कृष्ण पोखरेल ,डा.हरि दाहाल केदार दाहाल रहेको समितिले निर्वाचन गराएको थियो । नव निर्वाचित बोर्ड समितिको दुई बर्ष कार्यकाल रहने छ ।बिगत कार्यकालको कार्यकाल सफल रुपमा सम्पन्न भएको हुदा निबर्तमान अध्यक्ष टीका ढकाल लगायत सम्पूर्ण टिमलाई कार्यक्रममा धन्यवाद ब्याक्त गरिएको थियो ।

कार्यक्रममा ग्लोबल ब्लड डोनेसन एसोसिएसनका अध्यक्ष ( १७१ पटक रक्तदाता ) अर्जुन मैनालीले पुरानो समितिलाई राम्रो काम गरेकोमा प्रसंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । त्यसैगरी जन सम्पर्क लंग आइल्याण्ड च्याप्टर सभापति बिस्व बास्तोला,एन.आर.एन.ए.न्युयोर्क च्याप्टर महासचिव महेश खड्का , पंडित पिपलमणि सिग्देल सल्लाहकार दुर्गेस कार्की लगायतले सुभकामना मन्तव्य राखेका थिए ।

सामाजिक संजाल र फोन मार्फत समाजका पूर्व सल्लाकर प्रमानन्द खनाल लगायत बिभिन् सघ सस्था सामाजिक व्यक्तित्वहरु बाट सुभकामना  दिने क्रम जारी रहेको  समाजका बरिस्ठ उपाध्क्ष बसन्त चापागाई ले जानकारी दिए ।

कार्यक्रम सफल रुपमा नयाँ नेतृत्व चयन भएकोमा निर्वाचन समिति,मतदाता ,अथिती, लगायत कार्यक्रममा सहभागी र लंग आइल्याण्डमा सपुर्ण नेपालीहरुमा निबर्तमान अध्यक्ष टीका ढकालले आभार ब्याक्त गरे ।