शेखर ढकाल 
विराटनगर ७ साउन । प्रदेश सरकारले विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा कार्यक्रम गरि खेलाडीहरुालई सम्मान गरेको हो । पाँचौ महिला साफ फुटवल च्याम्पियनसीपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटवल टीमका खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकहरुलाई प्रतिव्यक्ति नगद एक लाख र सम्मान पत्रले सम्मान गर्‍यो ।

त्यस्तै आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८ विधाका विभिन्न खेलमा रजत, कास्य र स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ४ हजारदेखि ९ हजार रुपैया सहित सम्मान गरेको छ । त्यस्तै सुदुर पश्चिम प्रदेशले आयोजना गरेको मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेलमा रजत, कास्य र स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ८ हजार देखि २० हजार रुपैया सहित सम्मान गरेको हो ।

कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि २ सय ६७ जना खेलाडीलाई मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान पत्र र नगद प्रदान गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशका सबै युवा खेलाडीलाई व्यवसायीक खेलाडी बनाउन र खेलालाई देश र प्रदेशको विकासको माध्यम बनाउँन प्रदेश सरकार अगाडि बढेको बताए ।

उनले अब खेल छायाँमा नपर्ने, खेलकुदमा लागेर खुम्चेर निरास भएर बस्न नपर्ने मुख्यमन्त्री राईको भनाइ थियो । उनले प्रदेश १ लाई फुटवलको राजधानी बनाउने उदेघोष गरे । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेल पनि काम हो । खेल पनि पेशा हुनसक्छ ।

र खेलले नै परिचय र पहिचान पनि दिलाउँछ भन्ने मान्यता स्थापित गर्न प्रदेश सरकार लागेको बताउँदै खेलकुदको विकासका प्रदेश सरकारले लागि खेलकुद ऐन बनाइ सकेको र खेलकुद प्रर्वद्धनका लागि चालु आर्थिक वर्षमा ४७ करोड रुपैया बजेट विनियोजन गरेको बताए । कार्यक्रमा सम्मानितका तर्फबाट महिला फुटवल टीमकी खेलाडी निरु थापा, प्रशिक्षक हरि खडका, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले प्रदेश सरकारले खेलाडीलाई सम्मान गर्नु खेलाडीको प्रोत्साहनका उदाहरणीय कार्य भएको बताए ।

साथमा तस्विर पनि छन् ।

2 (4) IMG_20190723_164224 (1)

1 (1) 1 (3) 2 (2) 2 (9) 2 (7)