विराटचोक  —  मोरङको सुन्दरहरैँचामा परियार सेवा समाजले आफ्नो २९ औ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ । परियार सेवा समाज कोशी प्रदेश समितिको आयोजनामा सुन्दरहरैँचा नगरपालिका -८ स्थित शिशिर एजुकेशनल एकेडेमी सलकपुरको सभाहलमा शनिबार  उक्त  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संविधान सभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी समाजका केन्द्रीय सदस्य गाेपाल त्रिखत्रि,कोशी प्रदेश सदस्य खेम रणपहेली,सुनसरी जिल्ला अध्यक्ष खम्ब परियार,ज्ञानबहादुर दर्नाल पण्डित गुरु लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

Untitled-4 (3) 13 कार्यक्रममा परियार सेवा समाजका केन्द्रीय महासचिव बुद्दिमान परियारले अनलाइन मार्फत शुभकामना मनतव्य राखेका थिए । 

परियार सेवा समाजका कोशी प्रदेश समिति अध्यक्ष तिलक परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य रूपा माेतेले स्वागत मन्तव्य गरेकी थिइन् भने सचिव गाैरीमान परियारले कार्यक्रम संचालन गरेका थिए । 

त्यसैगरी परियार सेवा समाज कोशी प्रदेश समितिले आफ्नो २९ औ स्थापना दिवशको अवसरमा सुनसरीको इटहरीमा दिप प्रज्वलन समेत गरेको समाजकी अगुवा तारा परियारले जानकारी दीइन ।