बिराट्चोक /अमेरिकामा कर्मथलो बनाउदै आएका मोरंग बिरट्चोक निवासी, राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ युट्युब मार्फत सार्बजनिक गरेका छन्।
सुन्दा अतिनै कर्णप्रिय लाग्ने सो गीतको शब्द र संगीत स्वयं राजन भुजेलकै रहेकोछ । सदाबहार चर्चित गायक सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको सो गीतमा, प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावनाहरु छताछुल्ल पोखिएका छन् ।
गीत छनौटमा चुजी सुगमले, धेरै समयको अन्तराल पछि यो गीत सुन्ने बित्तिकै अतिनै धेरै मन परेको र गाउदा धेरै आनन्द आएको बताउन चुकेनन्। स्रोताहरुका लागी गीत, र दर्शकहरुका लागी म्युजिक भिडियो भनेझैँ साच्चिकै यस गीतको म्युजिक भिडियो हेर्न लायकको छ भने, यो एउटा नेपाली म्युजिक भिडियोहरु माझ कोशे ढुंगा साबित हुन सक्छ।
निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा मोडेल हरु अभिलाषा शर्मा र सागर थापाको बेजोड अभिनय हेर्न सकिन्छ।




















