विराटचोक - सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ। असार ३ गते सोमबार बक्र ईदका अवसरमा सरकारले बिदा दिने गरेको हो  ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।

WhatsApp Image 2024-06-14 at 5.39.28 PM