इटहरी । आइसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो ।

आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ । शनिबार बिहान भएको समूह ‘डी’ को खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल विश्वकपमा सुपर–८ को दौडबाट बाहिरिएको हो ।