विराटचोक ।  माेरङकाे सुन्दरहरेैँचा नगरपालिकामा  उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ । नगर खेलकुद विकास समितिकाे आयाेजनामा  उक्त भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियाेगिता बैशाख २७ गतेदेखि  २९ गते सम्म आयाेजना हुने मंगलबार आयाेजकले पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ । प्रतियोगितामा  लेटाङ , सुन्दरहरैँचा ,पथरी ,बुढीगंगा ,रतुवामाई, कानेपाेखरी, बेलबारी, केराबारी, लगायतका पालिकाका ८ वटा टिमहरुकाे सहभागिता रहने आयाेजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

उक्त प्रतियाेगितामा सुकुना माविकाे खेल मैदानमा हुनेछ । प्रतियाेगितामा प्रथम हुने टिमले रू ५० हजार तथा दाेस्रो हुनेले रू २५ हजारका  साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारकाे व्यवस्था गरिएकाे आयाेजक समितिका सदस्य तथा नगर प्रवक्ता राेनशप्रसाद ढकालले जानकारी दिए।