पथरी,२० पुस । मोरङको पथरीशनिश्चरे मिनी महोत्सवमा बहुचर्चित गायक प्रमोद खरेलले आफ्ना लोकप्रिय गीतहरु गाउँदै बेजाेड प्रस्तुति दिएका छन्।

मंगलबार बेलुकी ल भ्वाइस अफ नेपाल सिजन- ४ सम्मका निर्णायक समेत रहनुभएका गायक खरेलले आफ्ना लोकप्रिय गीतहरु क्रमशः ओई झुमा, ... झ्यालबाट हेर ....., म विना कसै कसैलाई मुस्किल छ पोखरामा ....., ओई यो कुरा गोप्य नै राखुँला..., हंगामा भो हंगामा भो…,गरीखाने देऊ … जस्ता लोकप्रिय गीतहरु प्रस्तुत गरेका हुन्।

पुसको चिसाे जाडो मौसम बढेसँगै गायक खरेलको प्रस्तुतिले दर्शकलाई छमछमी नचाउँदै पसिना कढाएका थिए, भने उनका लाेकप्रिय गीतहरुले पथरीशनिश्चरेका दर्शकहरूले ‘वान्समोर’ पनि पाएका थिए।

भोलि बुधबार बेलुकी चर्चित गायक यशकुमार  र गायिका बिन्दु परियारले आ- आफ्ना लोकप्रिय गीतहरु गाउँदै दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ।

पथरीशनिश्चरे -१ का विभिन्न चोक र टोलहरूमा सडक बत्ती जडान गरी रातमा उज्यालो पार्ने अभिप्रायले आयोजित महोत्सवमा स्थानीय कलाकारहरुको साथमा राष्ट्रिय स्तरका लोकप्रिय गायक गायिकाहरूको बेजोड प्रस्तुति रहदै आईरहेका छन्।

गत पुस- ३ गतेदेखि सुरु भएको उक्त महोत्सव यही- २२ गते सम्म संचालन हुने आयोजक समितिका संयोजक पर्वत लामाले जानकारी दिएका छन्।