कोपनहेगन — प्रवासी नेपाली मंच डेनमार्कको अध्यक्षमा  राघवेन्द्र प्रताप सिंह कार्की (रविन)सर्वसम्मत भएका छन् । कार्कीलाई शनिवार कोपेनहेगनमा सम्पन्न मंचको छैटौं अधिवेशनले सो जिम्मेवारी सुम्पिएको हो ।

कार्की नेपालमा हुदाँ अनेरास्ववियुमा आवद्द भएका उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत रहेका थिए ।  

अधिवेशनले उपाध्यक्षमा अमृत रिजाल, सचिवमा शैलेन्द्र राई, उपसचिव दीपा शर्मा र भुपेन्द्र सुवेदी तथा सदस्यहरुमा सुरेश पुन, मनोज न्यौपाने, भास्कर खनाल, गोकर्ण घिमिरे, किरण दीप, सुसन बराल सहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, विशेष अतिथिमा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं युरोप इन्चार्ज भक्त वाग्लेले सम्वोधन गरेका थिए  ।

यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं डेनमार्क इन्चार्ज सुरेन्द्र थपलिया,अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई,युरोप महादेश कमिटीका उपसंयोजक चन्द्रकान्त आचार्य, प्रवासी नेपाली मंच डेनमार्कका संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष कमल शर्माले शुभकामना मन्तव्य दिए ।

अधिवेशनमा डेनमार्कस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

May be an image of 9 people and text