भारत पश्चिम बंगालको रंगपानी स्टेशन नजिकै आज बिहान सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालगाडीले ठक्कर दिएको छ । उक्त दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । सोही क्रममा करिब ५० जना घाइते भएका छन् । विस्तारै गुडिरहेको रेललाई पछाडिबाट तीव्र गतिमा आएको मालगाडीले ठक्कर दिएको रेलवेका वरिष्ठ अधिकारीहरुले बताएका छन् । दुर्घटनापछि कञ्चनजङ्घा एक्सप्रेसका पछाडिका तीनवटा डिब्बा पटरीबाट खसेका छन् ।
आगरतलाबाट सियालदहका लागि छुटेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस दुर्घटना उत्तर सीमा रेलवेको कटिहार डिभिजनका डिभिजनल रेलवे प्रबन्धक (डीआरएम)ले जानकारी दिएका छन् ।
रेलवे बोर्डका सीईओ तथा अध्यक्ष जय वर्मा सिन्हाले दुर्घटनामा ८ यात्रुको मृत्यु भएको जानकारी दिए भने मालगाडीका चालक, सहचालक र कञ्चनजङ्घा एक्सप्रेसका गार्डको पनि ज्यान गएको छ । घटनास्थल न्यू जलपाईगुडी स्टेशनबाट करिब १० किलोमिटर टाढा थियो। दुर्घटनामा घाइते भएकाहरुलाई सिलगढीको मेडिकल कलेजमा भर्ना गरिएको छ ।
सिग्नल बेवास्ता गर्दा मालवाहक रेल ठोक्कियो
रेल दुर्घटनाको कारणबारे कुरा गर्दै जय वर्मा सिन्हाले यो दुर्घटना सोमबार बिहान भएको बताइन् । अगरतलाबाट सियालदह जाँदै गरेको कञ्चनजङ्घा रेल दुर्घटनाको शिकार भएको छ । पछाडिबाट आएको सिग्नललाई बेवास्ता गरी एउटा मालगाडीले कञ्चनजङ्घा एक्सप्रेसलाई ठक्कर दिएको थियो । जसका कारण कञ्चनजङ्घा एक्सप्रेसको पछाडिको गार्ड डिब्बा पूर्णरुपमा क्षति पुगेको छ । त्यो गार्डको डिब्बा अगाडि दुईवटा पार्सल भ्यान जोडिएका थिए । जसका कारण धेरै यात्रुलाई नोक्सान भएको छैन ।
दुर्घटनामा ५० जना घाइते
दुर्घटनामा करिब ५० जना घाइते भएकालाई एम्बुलेन्सको सहयोगमा अस्पताल लगिएको जय वर्माले बताए । रेलवे अस्पतालका डाक्टरहरु पनि त्यहाँ पुगेर घाइतेहरुको उपचार गरिरहेका छन् । उनले भने, ‘सबैभन्दा पहिले हामीले घाइतेलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काम गरेका छौं । हामी घाइतेहरुको ज्यान बचाउन सक्दो प्रयास गरिरहेका छौं । यो ट्रेन आगरतलादेखि सियालदहसम्म रोकिने स्टेशनहरूको लागि हेल्पलाइन नम्बरहरू जारी गरिएको छ। रेलवे बोर्डका अध्यक्षले दुर्घटनामा परेको ट्रेनलाई बालबालिकासहितका डिब्बासहित गन्तव्यमा लगिने बताए ।




















