विराटचोक — नेकपा माओवादी केन्द्रले मोरङको बुढीगंगा र ग्रामथान गाउँपालीका विभिन्न वडाहरुमा सम्मेलन गरेको छ । शनिवार बुढीगंगा गाउँपालीको वडा न. ६ र ७ मा वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।
त्यसैगरी आज नै माओवादी केन्द्रले ग्रामथान गाउँपालीका २ न वडाको पनि सम्मेलन गरेको छ । वडाको सबै सम्मेलनमा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक बिजय विश्वासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पूर्व मन्त्री समेत रहेका कार्यक्रमका प्रमुख अतिथि विश्वासले स्वागत गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका युवा नेता ईश्वरीप्रसाद आचार्य,कपिल सुनार,कुशल लिम्बू,सुनिता चौधरी लगायतको आतिथ्यता रहेको थियो !



















