एजेन्सी - भारतको उत्तर प्रदेशको एक जेलमा थुनिएकी लुटेरा दुलही एचआइभी पोजिटिभ भेटिएकी छन् । प्रहरीले यो कुरा थाहा पाएपछि ती महिलाको सम्पर्कमा रहेका सबैको परीक्षण गर्न थालेको छ । जसमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अब प्रहरीले बिहे गरेका पाँच बेहुलाको पनि स्वास्थ्य परीक्षण गर्ने भएको छ । ती  महिलामा एचआइभी सङ्क्रमण भएको पाँचजना बेहुलालाई थाहा भएदेखि उनीहरु पनि तनावग्रस्त बनेका छन् ।

लुटेरा युवती उत्तराखण्डको रुद्रपुर निवासी हुन् । उनलाई गत महिना युपी प्रहरीले पक्राउ गरेको थियो । महिलासँगै उनको गिरोहका थप ७ जना पनि पक्राउ परेका छन् । महिलामा एचआइभी संक्रमण भएको थाहा पाएपछि उनी आफैंले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले ती लुटेरा महिलाको सम्पर्कमा रहेका सबैको खोजी गरी उपचार भइरहेको छ ।

लुटेरा दुलहीले आफन्तसँग मिलेर धनाढ्यलाई फसाउने गरेको प्रहरीले जनाएको छ । उनीसँग बिहे गर्ने गर्थिन । त्यसपछि ससुराको घरमा केही दिन बिताएपछि त्यहाँबाट सबै गरगहना चोरेर भाग्ने गर्थिन । यस्तो व्यवहार गरिरहेकी महिला यसैबीचमा बिरामी भइन् । त्यसपछि एक गैरसरकारी संस्थाको सहयोगमा उनले स्वास्थ्य परीक्षण गराउदा उनी एचआइभी पोजिटिभ भएको थाहा भयो । तर, महिलाले त्यतिबेला औषधि लिन मानिनन र उनी कहाँ गइन्, कसैलाई थाहा भएन । उनले आफ्नो मोबाइल नम्बर पनि स्वीच अफ गरिन  । स्वास्थ्य विभागका कर्मचारीले उनको खोजी गरिरहेका थिए । तर उनी फेला परीनन।

तीन जनाको रिपोर्ट पोजेटिभ

यसैबीच, ती महिला पश्चिमी यूपीको जेलमा रहेको उनीहरूलाई थाहा भयो  । महिलाले आफू एचआइभी पोजिटिभ भएको प्रहरीलाई बताएकी थिइन् । त्यसैले प्रहरीले स्वास्थ्य विभागका कर्मचारीलाई बोलाएर महिलाको पुनः परीक्षण गरायो । उनको रिपोर्ट पोजेटिभ आयो त्यसपछि पुलिसले उनीसँग सम्पर्कमा रहेको पत्ता लगाउन सोध्यो। ती महिलाले आफू सम्पर्कमा रहेका केही व्यक्तिको नाम बताइन्। उनले आफूले ठगिगरेको  पाँच दुलहाको बारेमा पनि बताएकी छिन् । अब प्रहरीले ती दुलहाको पनि परीक्षण गराउने भएको छ । बाँकी परीक्षण गरिएकामध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

महिलाको सम्पर्कमा आएका व्यक्तिले सावधानी अपनाएको भए रोगबाट बच्ने स्वास्थ्य विभागको भनाइ छ । अहिले ती महिला युपी जेलमा छिन । उनको उपचार सुरु भएको छ ।