बुधबार बिहान इन्टरनेसनल च्याम्पियन्स कपमा रियल मड्रिडले आर्सनललाई पेनाल्टीमा ३–१ ले पराजित गर्यो।
निर्धातिर ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।यस खेलमा समेत मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई समावेश नगर्ने अनुमान गरिएको थियो।तर आश्चर्य, उनलाई खेलमा जिदानले स्थान दिए। यसअघि धेरै खेलमा बेललाई उनले खेल्ने मौका दिएका थिएनन्।
जिदानले बेलले मड्रिड छाड्ने अभिव्यक्ति दिएका थिए। मड्रिड छाड्ने प्रक्रियामा बेल रहेकाले बेललाई खेलमा समावेश नगराइएको उनको भनाइ रहँदै आएको छ।
बेलले भने आफूलाई मड्रिड छाड्न मन नभएको प्रतिक्रिया जनाइरहेका छन्। तर जिदानले बेललाई आर्सनलविरुद्ध खेलमा राखेपछि बेल मड्रिडमै बस्ने अनुमान सबैले लगाएका थिए।खेलमा बेलले उत्कृष्ट प्रदर्शन गर्दै एक गोलसमेत गरे। तर खेल सकिएपछि जिदालने पुनः आफ्नो अडान दोहोर्याए।उनले भने,‘बेलले गोल गरे, म खुशी छु तर अवस्था परिवर्तन भएको छैन।’ यसको अर्थ बेलले मड्रिड छाड्ने छन्।




















