बारा - बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा बैठकमै झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा वडाध्यक्षहरुले अवरोध गरेपछि झडप भएको हो ।

बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको थियो 

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगरसभा बहिष्कार गर्दै आएका थिए ।

नगरसभामा सहभागी हुन मेयर पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए ।

उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् । नगर सभाका झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।